+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

छाडा चौपायालाई रिफ्लेक्टिभ स्टिकर

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १७:०७

साउन ३०, डोटी । कैलालीको अत्तरीया क्षेत्रमा रहेका छाडा गाई-गोरुको घाँटीमा रिफ्लेक्टिभ स्टिकर लगाउन सुरु गरिएको छ ।

छाडा चौपायाका कारण हुने सवारी दुर्घटना न्यून गर्न भन्दै सडकमा रहेका छाडा पशु चौपायाबाट दुर्घटना न्यूनीकरण गर्न भन्दै स्टिकर लगाउन सुरु गरिएको हो ।

रातिको समयमा गाईबस्तुहरु बीच सडकमै सुतिरहने र दु्रत गतिमा आएका सवारीहरु अनियन्त्रित भई दुर्घटना हुने गरेका कारण टाढैबाट चम्किने स्टिकर लगाउन सुरु गरिएको मालाखेती इलाका प्रहरी कार्यालय अत्तरीयाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए ।

अत्तरीयाको शिवम् अटो व्हील्सका सञ्चालक कमल ओझाको आर्थिक सहयोगमा प्रहरी र स्थानीय युवाहरु सक्रियतामा रिˆलेटिभ स्टिकर लगाउने कार्य शुक्रबारबाट शुरुवात गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

रातिको समयमा छाडा पशु चौपायाबाट हुने दुर्घटनामा रिˆलेटिभ स्टिकरले केही सहज गरोस भन्ने उद्देश्यले यो अभियान चलाएको शिवम् अटो व्हील्सका सञ्चालक ओझाले बताए । ‘गौरक्षा तथा मानवीय क्षति न्यूनीकरण होस् भन्ने हेतुले छाडा पशु चौपायाहरुको घाँटीमा चम्किने रिˆलेटिभ स्टिकर लगाउने अभियान सञ्चालन गरेका हौं,’ सामाजिक अभियान्ता भरत बिक्रम शाहले भने, ‘यो कार्यको सुरुवात भैसकेकाले अब हामी सबै मिलेर गौ रक्षा तथा मानवीय क्षति न्यूनीकरण गर्न लाग्नु पर्छ ।’

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपायाको विषय पटक-पटक उठ्ने गरेको छ । खेतवाली नस्ट गरेकोदेखि सवारी दुर्घटना निम्त्याएकोसम्मका दुखेसो आउने गरेका छन् । स्थानीय सरकारहरुले छाडा चौपायाको व्यवस्थापनका लागि ठूलो धनराशी खर्च गरेको भए पनि कुनै उपलब्धि देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?