+
+

कपिलवस्तुमा नर्सलाई पुनः कोरोना पोजेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १८:२१

१ भदौ, बुटवल । वैशाख ३० मा कोरोना संक्रमण देखिएको कपिलवस्तुकी नर्सलाई पुन: कोरोना संक्रमण देखिएको छ ।

केही दिनअघि कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत उनीसहित २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

‘केही दिन अगाडि ज्वरो आएको थियो । जाँच गर्दा पोजेटिभ देखियो । अहिले अस्पतालकै क्वार्टरमा आइसोलेट भएकी छु’  ती नर्सले भनिन् ।

अहिले कपिलवस्तु अस्पतालमा इमर्जेन्सीबाहेक अन्य सेवा बन्द छन् । ती नर्समा पहिलो पटक संक्रमण हुँदा र अहिले पनि लक्षण देखिएको छैन ।

कोरोना संक्रमण बढ्दै गएपछि कपिलवस्तुमा साउन २७ गतेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?