Comments Add Comment

ग्यास र पेट्रोलियमको पूर्वाधार विस्तार गर्न नेपाल र भारतबीच छलफल

७ भदौ, काठमाडौं । नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको दोस्रो बैठक सम्पन्न भएको छ ।  नेपालले अघि बढाउन लागेको पेट्रोलियम भण्डारण तथा पाइपलाइन परियोजनामा भारतीय सहयोग र परियोजना निर्माणमा देखिएका समस्याहरुबारे मूल्यांकन गर्ना बैठक केन्द्रित रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको पाइपलाइनपछि अमलेखगन्जमा थप भण्डारण गृह निर्माण, अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तारको विषयमा दुई पक्षबीच छलफल भएको मन्त्रालयका सहसचिव पे्रम कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै, सिलगुढी-झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन तथा रुपन्देहीसम्म प्राकृतिक ग्याँस पाइपलाइन विस्तारको विस्तृत सम्भाव्यता अध्ययन र चुनौतीबारे बैठक केन्द्रित थियो ।

‘निगमले अघि बढाउन लागेको पेट्रोलियम परियोजना र त्यसमा भारतीय आर्थिक, प्रविधिक सहयोग तथा आगामी दिनमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भयो,’ सहसचिव श्रेष्ठले भने ।

यसअघिनै लागत अध्ययन भएका आयोजना समयमै अघि नबढाउँदा लागत थपिएको, अध्ययनको चरणमा रहेका आयोजनाहरुमा देखिएका आयोजनाका चुनौती र त्यसलाई हल गर्ने विषयमा बैठक केन्द्रीत भएको मन्त्रालयले जनाएको छ ।

नेपाल भारत आपसी समझदारीमा नेपाल आयाल निगम र नेपालको पेट्रोलियम पूर्वाधार विकास गर्न तत्कालिन वाणिज्यमन्त्री सुनिलबहादुर थापाको भारत भ्रमणमा २०१७ मा नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङग्रुप (जेडब्लूजी) गठन भएको थियो ।

वाणिज्य सहसचिव स्तरको उक्त समूहको पहिलो बैठक गत पुस २७ र २८ गते भारतको नयाँ दिल्लीमा भएको थियो । दोस्रो बैठक नेपालमा हुने तय भएपनि कोभिड-१९ का कारण दुई समूहबीच भिडियो कन्फ्रेन्समा बैठक भएको मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा भारतीय विकास आयोजनाबारे परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतबीच भएको छलफलमा पनि यस विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment