+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश ५ मा घरेलु तथा साना उद्योग दर्ताको शुल्क नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ११ गते १६:४९

११ भदौ,बुटवल । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षमा लघु, घरेलु तथा साना उद्योगहरुको दर्ता दस्तुर पूर्ण छुट गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कोरोना महामारीका कारण अर्थतन्त्र संकटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरुपमा छुट गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश लोक सेवा आयोग, प्रदेश योजना आयोग, प्रदेश पूर्वाधार विकास प्राधिकरणको संगठन संरचना तथा अस्थायी दरबन्दी स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए ।

यस्तै बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ भने प्रदेश स्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी मस्यौदा गर्न स्वीकृति प्रदान गरेको छ ।

बैठकले कानुन मस्यौदा कार्यदलको म्याद पुस मसान्तसम्म थप गरेको छ । यस्तै प्रदेश विपद व्यवस्थापन कार्यसञ्चालन निर्देशिकाको पहिलो संशोधनलाई स्वीकृत प्रदान गरिएको प्रवक्ता चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?