Comments Add Comment

मेक्सिकोलाई उछिन्दै कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुनेको तेस्रो स्थानमा भारत

१५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्यामा पनि भारत तेस्रो स्थानमा आइपुगेको छ । भारतले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा मेक्सिकोलाई पछि पारेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ६४ हजार ४६९ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण ९७१ जनाको मृत्यु भएको हो । मेक्सिकोमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६४ हजार १५८ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३६ लाख नाघेको छ । भारतमा अहिलेसम्म ३६ लाख २१ हजार २४६ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ७८ हजार ५१२ नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा अहिलेसम्म २७ लाख ७४ हजार ८०२ संक्रमित निको भएर घर फर्किसकेका छन् भने ७ लाख ८१ हजार ९७५ संक्रमित निको हुन बाँकी छन् ।

स्रोत : एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment