
१५ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले भोलिबाट शुरु हुने नियमित उडानका दौरान कुल २८ उडान गर्ने भएको छ । त्यसमध्ये ११ वटा उडान भने चार्टर्ड उडान हुन् ।
निगमले सेप्टेम्बर महिनाका लागि हुने उडानको तालिका सार्वजनिक गरेको छ । जसअनुसार जापानको नारितामा तीन वटा नियमित उडान हुने भएको छ ।
नारितामा सेप्टेम्बर १, १६ र ३० तारिखमा उडान तोकिएको छ । नियमित उडानतर्फ सबैभन्दा धेरै उडान दुबईमा हुने नेपाल एयरलाइन्सले जनाएको छ ।
दुबईमा ८ वटा उडानको अनुमति नेपाल एयरलाइन्सले जनाएको छ । क्वालालाम्पुरमा ४ र हङकङमा दुई उडान हुने गरी तालीका तय भएको छ । सेप्टेम्बर महिनामा नेपाल एयरलाइन्सले चार्टर्ड तर्फ तीन उडान गर्ने भएको छ ।
नियमित उडान
सेक्टर | उडान मिति |
नारिता | सेप्टेम्बर २, १६ र ३० |
दुवई | सेप्टेम्बर ५, ७, १२, १४, १९, २१, २६ र २८ |
क्वालालम्पुर | सेप्टेम्बर ६, १३, २० र २७ |
हङकङ | सेप्टेम्बर ९ र २३ |
चार्टर्ड उडान
सेक्टर | उडान मिति |
जेद्दा | सेप्टेम्बर ५, ११ र २७ |
दमाम | सेप्टेम्बर ७ |
कुवेत | सेप्टेम्बर १४ |
दोहा | सेप्टेम्बर १५, २१, २२, २७ र २९ |
रियाद | सेप्टेम्बर १९ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4