Comments Add Comment

लंका प्रिमिर लिग क्रिकेट नोभेम्बरमा सुरु हुने

१७ भदौ काठमाडौं । बहुप्रतिक्षित लंका प्रिमिर लिग टि-२० क्रिकेट आगामी नोभेम्बरमा श्रीलंकामा आयोजना हुने भएको छ ।श्रीलंका क्रिकेटको आयोजनामा हुने उक्त लिग फ्रेन्चाइजमा आधारित टि-२० लिग हुनेछ ।

लिग नोभेम्बर १४ देखि डिसेम्बर ६ सम्म सञ्चालन हुने श्रीलंका क्रिकेटले विज्ञप्तार्फत जनाएको छ । लिगको व्यवस्थापनको लागि श्रीलंका क्रिकेटले इन्नोभेटिभ प्रोडक्सन ग्रुपसँग सम्झौता गरेको छ ।

लिगमा पाँच टिमले प्रतिपर्धा गर्नेछन् र कूल २३ खेल हुनेछ । श्रीलंकाको पाँच सहर कोलोम्बो क्यान्डी गल्ले दम्बुला र जाफ्नाको नामबाट टिमको नाम राखिनेछ ।

लिगका खेलहरु राङ्गिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदान पल्लके अन्तर्राष्ट्रिय क्रिकेट मैदान र सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने श्रीलंका क्रिकेटले जनाएको छ ।

उक्त लिग हुने खबरले श्रीलंकन क्रिकेट र समर्थकहरु उत्साहित बनेका छन् । यस लिगबाट खेलाडीहरुले आफ्नो क्षमता देखाउने अवसर पाउने श्रीलंका क्रिकेटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment