+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ललितपुरका सीडीओ भन्छन् : उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १३:४५

२१ भदौ, काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौबाट निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिनेछ ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ भट्टले केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखेका छन् ।

तिजको बेलामा निषेधाज्ञा गरेकै कारण कोरोना संक्रमण धेरै फैलिन नपाएको उनले बताए । ‘आदेश जारी नभएको भए बृद्धिद्धर व्यापक भएर जान्थ्यो होला भन्ने अनुमान गर्न सकिन्छ’ उनले भने, ‘दशैं आउँदैछ, केही सहजीकण गरेर भएपनि यसलाई दशैंसम्म राख्नुपर्छ होला ।’

ललितपुरमा कोरोना संक्रमितहरुको आइसोलेनस तथा क्वारेन्टिनको समस्या नभएको प्रजिअ भट्टले बताए । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा भने समस्या आउन सक्ने उनले अनुमान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?