+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रासायनिक मल कारखाना खोल्नेबारे अध्ययन गर्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते २०:१०

२१ भदौ, काठमाडौं । नेपालमा मल रासायनिक कारखाना खोल्नेबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जानकारी दिए ।

मल कारखानाबारे भएका पुरानो अध्ययन र अबका सम्भावनाबारे परामर्श तथा छलफल गरेर कार्यदलले प्रतिवेदन तयार गर्ने र सोहीअनुसार थप कार्य अगाडि बढाउने मन्त्री भुसालको भनाइ थियो ।

लगानी बोर्ड र १९८० को दशकमा डोनीडाले गरेको अध्ययन प्रतिवेदन पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ । मल कारखानाको सम्भावनाबारे विभिन्न मन्त्रालयले पटक-पटक छलफल गरेको भए पनि त्यस्तो छलफलमा कृषि मन्त्रालय सहभागी नभएको आफूले पाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?