+
+

जनकपुरबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १६:४९

२५ भदौ, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबाट बिहीबार कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

उपमहानगरपालिका-७ स्थित मुसहरी टोलबाट कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोलीसहित जनकपुरधाम लोहना निवासी २१ वर्षीय अजयराज कायस्थ र सोही ठाउँका २४ वर्षीय सुनिलकुमार मण्डल पक्राउ परेका हुन् ।

प्रदेश २–००३०० प. ७३७७ नम्बरको मोटरसाइकल चढेर आउँदै गरेका उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्रकुमार मिश्रले बताए । मिश्रका अनुसार दुवै जना हतियार बेच्नलाई जनकपुरधामतर्फ आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?