+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ठोरीमा अलपत्र परेका पाल्पाका युवकको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १७:५०

२९ भदौ, काठमाडौं । भारतमा मजदुरी गरी फर्कने क्रममा पर्साको ठोरीमा अलपत्र परेका पाल्पा घर भएका एक युवकलाई घरसम्म पुर्‍याउने व्यवस्था नेपाल मगर संघ ठोरीले गरेको छ ।

भारतको कश्मिरबाट ठोरी नाका हुँदै गत भदौ १२ गते ठोरी आइपुगेका ४१ वर्षीय खिलबहादुर गाहा मगरलाई एम्बुलेन्सको व्यवस्था गरी पाल्पा पुर्‍याउने व्यवस्था मिलाइएको नेपाल मगर संघ ठोरीका पुरन थापाले जानकारी दिए । थापाका अनुसार ठोरी गाउँपालिका–१ का दुई जना युवकसँगै उनी नेपाल फर्किएका थिए ।

पाँच दिनसम्म स्थानीय एक व्यक्तिको घरमा एक्लै बसेका उनलाई भदौ १७ गते ठोरी गाउँपालिका–२ स्थित सरस्वती माविको क्वारेन्टिनमा लगेर राखिएको थियो । भदौ २० गते पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । भदौ २३ गते उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि घर जान नपाएर उनी ठोरीमै अलपत्र परेका थिए ।

रिपोर्ट नेगेटिभ आएपछि उनी चौतारास्थित स्थानीयको सहयोगमा बस्दै आएका थिए । घर फर्कनका लागि उनीसँग कुनै विकल्प नभएपछि मगर संघले एम्बुलेन्समार्फत सोमबार पाल्पा पठाउने काम भएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?