+
+

हेटौंडा उपमहानगरमा ३१ किलोमिटर सडक स्लाब ढलान 

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३० गते २०:१०
फाइल तस्वीर

३० भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा ३१ किलोमिटर सडकमा स्लाब ढलान गरिएको छ । उपमहानगरपालिकाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १९ वटै वडामा ३१ किलोमिटर सडक स्लाब ढलान भएको हो ।

कालोपत्रे भन्दा बढी टिकाउ हुने विश्वासका साथ उपमहानगरले कच्ची रहेका सडकलाई पक्की बनाउने अभियान अनुसार ३१ किलोमिटर सडकमा स्लाब ढलान र बजार क्षेत्रमा एक किलोमिटर सडकलाई कालोपत्रे गरिएको मेयर हरिबहादुर महतले जानकारी दिए ।

उपमहानगरपालिका क्षेत्रका कच्ची सडकलाई पक्की निर्माणका लागि बिशेष प्राथमिकतामा राखेर काम अघि बढाएको महतले बताए ।

स्थानीय उपभोक्ताको जनसहभागितामा एक वर्षयता स्लाब ढलानमा मात्र कुल ४० करोड ९५ लाख २ हजार रुपैयाँ र सडक कालोपत्रेका लागि स्थानीय उपभोक्ताको जनसहभागिता समेत गरेर ८ करोड ५६ लाख २ हजार रुपैयाँ खर्च गरेको मेयर महतले बताए । हेटौंडाका धेरै सडकमा पानी जम्ने र कालोपत्रे सडक छिटो उप्किने भएकाले सडकमा स्लाब ढलानको कामलाई बढी प्राथमिकता दिइएको मेयर महतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?