४ असोज, काठमाडौं । दक्षिण कोरियाली खेलाडी हेउन मिन सन एक्लैले चार गोल गरेपछि टोटनहम हट्सपरले प्रिमियर लिगमा आइतबार साउथह्याम्पटनलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
टोटनहमले साउथह्याम्पटनलाई उसैको मैदान ५-२ ले पराजित गरेको हो ।
खेलमा एक गोलले पछि परे पनि सनले लगातार चार गोल गरेपछि टोटनहमले पुनरागमन गर्दै खेल जित्न सफल भयो । साउथह्याम्पटनका लागि दुवै गोल ड्यानी इङ्गसले गरे ।
खेलको तेस्रो मिनेटमै टोटनहमका ह्यारी केनले गोल गरे पनि भीएआर रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।
३२ औं मिनेटमा ड्यानीले गोल गर्दै घरेलु मेदानमा साउथह्याम्पटनलाई पहिले अग्रता दिलाए । त्यो अग्रता लामो समय टिकेन । पहिलो हाफको इन्जुरी टाइममा सनले केनको पासमा टवटनहमका लागि बराबरी गोल पर्काए ।
दोस्रो हाफमा भने टोटनहमले शानदार प्रदर्शन गर्दै चार गोल गर्यो । ४७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई २-१ को अग्तरा दिलाए ।
६४ औं मिनेटमा सनले ह्याट्रिक पूरा गर्दा टोटनहमले ३-१ को अग्रता बनायो । सनले नै ७३औ मिनेटमा टोटनहमका लागि र व्यक्तिगत चौथो गोल गर्दा अन्तर फराकिलो बन्यो । केनले ८२ औं मिनेटमा गोल गरेपछि टोटनहमले ५-१ को अग्रता बनायो । ९० औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले पेनाल्टीमा गोल गरे ।
पहिलो खेलमा एभरटनसंग पराजित भएको टोनहमले लिगमा पहिलो जितपछि ३ अंक जोडेको छ । साउथह्याम्पटनको भने यो लगातार दोस्रो हार हो ।
प्रतिक्रिया 4