+
+

सन् २०२१ को सुरुदेखि पर्यटक भिसा पुनः सुरु गर्ने साउदीको योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते १७:४१

११ असोज, काठमाडौं । साउदी अरेबियाले सन् २०२१ को सुरुदेखि पर्यटक भिसा पुनः सुरु गर्ने भएको छ । साउदी अरेबियाका पर्यटनमन्त्री अहमद अल खातीबले यस्तो बताएका हुन् । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि साउदीले पर्यटन भिसा रोक्ने निर्णय गरेको थियो ।

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको पुनर्संरचनाको महत्वाकांक्षी योजनामा पर्यटन क्षेत्र महत्वपूर्ण मानिएको छ । साउदी अरेबियाले आफ्नो तेलमाथिको निर्भरता कम गर्ने लक्ष्यअनुसार पुनर्संरचनाको योजना ल्याएको हो ।

साउदीले सन् २०१९ को सेप्टेम्बरमा भिसाको नयाँ नियम ल्याउँदै ४९ मुलुकबाट आउने पर्यटकलाई मुलुकमा आउन दिने निर्णय गरेको थियो । सन् २०३० सम्म मुलुकको अर्थतन्त्रमा पर्यटनको १० प्रतिशतको हिस्सा पुर्‍याउने सरकारको लक्ष्य छ ।

पर्यटकमन्त्री खातीबका अनुसार कोरोनाको महामारी नियन्त्रणको क्षेत्रमा सकारात्मक विकास हुँदै गएको अवस्थामा सन् २०२१ को सुरुमा पर्यटन भिसा पुनः सुरु गरिनेछ । गत फेब्रुअरीको अन्तिममा साउदीले मुलुकमा विदेशी तीर्थयात्री र पर्यटकलाई भिसा रोक्ने निर्णय गरेको थियो ।

स्रोत :रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?