+
+

पर्सामा कोरोना संक्रमित मिर्गौलाका बिरामी र गर्भवतीले उपचार पाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १९:५१

१२ असोज, वीरगञ्ज । मिर्गौलाको उपचार र शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीमा कोरोना संक्रमण देखिए अबदेखि पर्सामा उपचारको समस्या नहुने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले सोमबार सरोकारवालासँग छलफल गरी समस्या समाधानको बाटो पहिल्याएको हो ।

बैठकले कोरोना संक्रमित मिर्गौलाका बिरामी, शल्यक्रिया गर्नुपर्ने व्यक्ति र गर्भवतीमा कोरोना संक्रमित भए नेसनल मेडिकल कलेजले स्थापना गरेको अस्थायी कोरोना अस्पताल (बाबा आइसोलेसन)मै उपचारको व्यवस्था मिलाउने निर्णय गरेको हो । त्यहाँ तयारी नहुँदासम्म निजी अस्पतालहरुको संस्था ( एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन अफिन)ले उपचारको बन्दोबस्त मिलाउने सहमित भएको नारायणी अस्पताका चिकित्सक डा. उदयनारायण सिंहले बताए ।

यस्ता बिरामी सुरुमा भने नारायणी अस्पताल जानुपर्नेछ । त्यसपछिको व्यवस्था नारायणी अस्पतालले मिलाउनेछ । त्यस्तै हेपाटाइटिससम्बन्धी सबै उपचार सेवा नारायणी अस्पतालबाट नै प्रवाह गर्ने निर्णय बैठकले गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्लामा हाल कोरोना संक्रमितको उपचारमा देखिएका समस्या समाधान गरिएको बताए । ‘मिर्गौलाका बिरामी, शल्यक्रिया गर्नुपर्ने मानिस र गर्भवतीमा कोरोना संक्रमण हुँदा उपचारमा समस्या देखिएको गुनासो आयो, सरोकारवालासँग बैठक राखेर आवश्यक व्यवस्थापन गरेका छौं’ उनले भने, ‘संक्रमितले उपचार नै नपाउने अवस्था अन्त्य हुन्छ ।’

संक्रमितको संख्या कम हुँदै गएपछि वीरगञ्जमा सञ्चालित अस्थायी कोरोना अस्पताल गण्डक र वीरगञ्ज हेल्थ केयर बन्द भइसकेको छ । नारायणी अस्पतालमा जनरल सेवा सञ्चालनमा छ ।

नेसनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल मात्रै हाल सञ्चालनमा छ । नेसनल मेडिकल कलेजले डायलायसिस गराउनुपर्ने र गर्भवती महिलालाई भर्ना लिन नसक्ने जनाएपछि समस्या उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?