
१३ असोज, काठमाडौं । अपसी सहमितमा व्यापार पूर्वाधार निर्माण गर्न नेपाल-चीन सहमत भएका छन् । नेपाल-चीन व्यापार संयुक्त कार्यदलको मंगलबार सम्पन्न भचुर्अल पहिलो बैठकमा यस्तो समझदारी बनेको उद्योग वाणिज्य तथा अपिर्ति मन्त्रालयले जनाएको छ ।
‘आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण गर्न दुबै मुलुक सहमत भएका छन्,’ बार्तामा सहभागी मन्त्रालयकी सह प्रवक्ता उर्मिला केसीले भनिन् ।
बैठकमा नेपाल-चीन बीचका तातोपानी र रसुवागढीमा कोभिड-१९ को सङ्क्रमणबाट बच्ने सबै उपायहरु अपनाई नाका सुचारु गर्ने विषयमा पनि दुवै पक्ष बीच सहमति भएको उनले बताइन् ।
नेपालमा चीनियाँ लगानी अभिवृद्धि गर्ने तथा नेपाल र चीनबीच भएको पारवहन-ढुवानी सम्झौताको कार्यन्वयनका लागि दुवै पक्षबाट आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपालकोतर्फबाट नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं नेपाल-चीन व्यापारको संयुक्त कार्यदलका संयोजक प्रकाश दाहालले गरेका थिए ।
चीनकोतर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयको एशिया मामिला विभागका महानिर्देशक श्री पेङ् गाङ्ले नेतृत्व गरेका थिए । उक्त कार्यदलमा नेपाल र चीनकोतर्फबाट ११-११ जना प्रतिनिधि छलफलमा सहभागी भएका थिए ।
प्रतिक्रिया 4