+
+

भरतपुर महानगरले दियो रंगशाला निर्माणका लागि ५० लाख   

रासस रासस
२०७७ असोज १३ गते १९:२२

१३ असोज, चितवन । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले मंगलबार ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

महानगरपालिकाकी प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गरेका हुन् ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित ४ करोड रुपैयाँमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए । उनले क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजित मध्येको रकम थप्दै लगिने जनाकारी दिए ।

महानगरपालिका प्रमुख दाहालले फाउण्डेसनले सन्तोषजनक ढङ्गले निर्माणको काम अगाडि बढाइरहेकोमा खुशी व्यक्त गर्दै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन् । उनले रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै सङ्घ, प्रदेश र अन्य निकायले गर्ने आर्थिक सहयोगका लागि आफूले समन्वय र सहजीकरण गरिरहेको जानकारी दिइन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा रंगशाला निर्माणको काम भइरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?