+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उपत्यकाबाहिरका संक्रमित चिकित्सकलाई हेलिकप्टरमा काठमाडौं ल्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १६ गते १३:०५

१६ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले काठमाडौं उपत्यकाबाहिरका कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको शीघ्र उपचारका लागि काठमाडौं ल्याउन आकस्मिक हेलिकप्टरको व्यवस्था गर्न माग गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई ज्ञापन पत्र बुझाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्रि रिजालले कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई काठमाडौंको सुविधासम्पन्न अस्पतालमा तत्काल उपचारका लागि ल्याउन आकस्मिक हेलिकप्टर व्यवस्थापन गर्न माग गरेका  हुन् ।

बिहीबार सुर्खेतको कर्णाली प्रदेश अस्पतालका कोरोना संक्रमित चिकित्सकको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो । चिकित्सक संघले कोभिड–१९ संक्रमणको उपचारमा संलग्न चिकित्सक स्वयं संक्रमित भई मृत्यु भएमा १ करोड रुपैयाँसम्म बिमा रकम भुक्तानीको सुनिश्चित गर्न पनि माग गरेको छ ।

संघले कोभिड उपचारको क्रममा संक्रमित भएका चिकित्सकको उपचार व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमा छुट्टै शाखाको व्यवस्था गर्न पनि माग गरेको छ ।

त्यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भए उनीहरुको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने, कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने इन्जेक्सन, रेमडिसिभिर औषधी, भेन्टिलेटर, अक्सिजन, आईसीयू बेड र जनरल बेडको संख्या वृद्धि गर्न पनि संघले माग गरेको छ ।

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकको मनोबल उच्च पार्न सुरक्षा सामग्री सहज बनाउन, अस्पतालमा बिरामीको भिड बढ्न नदिन पूर्वनिर्धारित समय लिने व्यवस्था कडाइका साथ लागू गर्न पनि संघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?