
१८ असोज, काठमाडौं । रुसमा गत मे महिनाको मध्ययताकै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमित फेला परेका छन् । रुसको कोरोना भाइरस क्राइसिस सेन्टरले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसका १० हजार ४९९ नयाँ संक्रमित थपिएका हुन् । एकैदिनमा थपिने संक्रमितको यो संख्या गत मे १५ यताकै सबैभन्दा धेरै हो । यससँगै रुसमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ लाख १५ हजार नाघेको छ ।
त्यस्तै रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २१ हजार ३५८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा १०७ जनाको कोरोनाबाट मृत्यु भएको हो । रुस कोरोनाबाट १० लाखभन्दा धेरै संक्रमित भेटिएको चौथो मुलुक हो । अमेरिका, भारत र ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या १० लाख नाघिसकेको छ ।
स्रोत : रोयटर्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4