 
																			काठमाडौं । पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ पुस्तक ‘वनको वैभव’ सार्वजनिक भएको छ ।
यसअघि ‘पन्छी जगत्’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ लेखेका सापकोटाको यो चौथो पुस्तक हो । पुस्तकमा जीवजनावरहरूको आनिबानी र स्वभावबारे रोचक चित्रण गरिएको छ । पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको छ ।
जनावरहरूका रमाइला र गुह्य विषय सर्वसाधारणसमक्ष पुग्नुपर्ने र उनीहरूलाई ती विषयबारे जानकारी मिल्नुपर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए ।
‘वन्यजन्तु एवम् चराचुरुङ्गीका गुह्य कुरा रोचक पारामा लेखिएको पुस्तक पाउन गाह्रो छ,’ उनले भने, ‘ददि सापकोटाले त्यो अभाव पूर्ति गरिदिएका छन् ।’
पर्यटकीय क्षेत्रबाट पेसा सुरु गरेका सापकोटा विशेषगरी वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्छन् । हाल उनी नेपाललाई कर्मथलो बनाएका युरोपेली, युरोपको नेपाली समुदाय र प्रकृतिका विविध पक्षको खोजीमा छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4