
४ कात्तिक, काठमाडौं । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार नवलपुरको गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुषको मंगलबार बिहान ९ः५६ बजे मृत्यु उपचारको क्रममा भएको हो ।
असोज १७ गते सर्पले डसेपछि अस्पताल भर्ना भएका उनीमा त्यसको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।
आईसीयू कक्षमा राखेर उपचार गरिएपनि उनलाई बचाउन नसकिएको डा. लम्सालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4