
१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाइन् ।
प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा टीका लगाउन पाएनन् । उनले बालुवाटारमा पत्नी राधिका शाक्यलाई मात्र दसैँको टीका लगाइदिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
हेर्नुहोस् थप तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4