Comments Add Comment

बहुविवाह मुद्दाका २ जना फरार अभियुक्त ६ वर्षपछि पक्राउ

१४ कात्तिक, तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले बहुविवाह मुद्दामा ६ वर्षदेखि फरार दुईजना अभियुक्तलाई पक्राउ गरेको छ । मेन्छयायेम गाउँपालिका- १ बस्ने सन्तबहादुर कार्की र संगीता उप्रेती पक्राउ परेका हुन् ।

बहुविवाह मुद्दामा तेह्रथुम जिल्ला अदालतले उनीहरु विरुद्ध २०७१ जेठ २९ गते जनही एक वर्ष कैद फैसला गरेको थियो ।

गोप्य सूचनाको आधारमा कात्तिक १३ गते साँझ ५ बजे दुवै जनालाई घरबाटै पक्राउ गरेको तेह्रथुम प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुममा ल्याई स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ ।

तेह्रथुम जिल्ला अदालत बन्द रहेकोले खुलेको दिन पेस गरिने जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment