Comments Add Comment

मुम्बईलाई हैदरावादले १० विकेटले हरायो, प्लेअफ समीकरण पूरा

१९ कात्तिक, काठमाडौं । सनराइजर्स हैदरावादले शीर्ष स्थानको मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जित हासिल गरेको छ । यससँगै आईपीएल क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ ।

प्लेअफ प्रवेशका लागि जित्नै पर्ने दबाबमा रहेको हैदरावादले १ सय ५० रनको लक्ष्य १७ दशमलव एक ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको थियो । उसका लागि कप्तान डेभिड वार्नरले ८५ र रिद्धिमान साहले ५८ रन बनाए ।

यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । उसका लागि केरोन पोलार्डले सर्वाधिक ४१ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले ३६, इशान किशनले ३३ तथा क्विन्टन डिककले २५ रन बनाए ।

बलिङतर्फ हैदरावादका सन्दीप शर्माले ३ तथा ज्यासन होल्डर र साहबाज नदीमले समान दुई–दुई विकेट हात पारे । चार ओभर बलिङ गर्दा १९ रन मात्र खर्चिएका नदीम म्यान अफ द म्याच चुनिए ।

यो जितसँगै हैदरावादले आईपीएलको प्लेअफमा स्थान सुरक्षित गर्न सफल भयो ।

अब पहिलो क्वालिफायरमा साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स तथा पहिलो इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment