+
+

फेसबुकलाई दक्षिण कोरियामा ६१ लाख डलर जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते १८:१७

११ मंसिर, काठमाडौं । दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा निकायले सामाजिक सञ्जाल फेसबुकलाई करिब ६१ लाख डलर जरिवाना तोकेको छ । साथै प्रयोगकर्ताको व्यक्तिगत सूचना जानकारी नै नगरी अन्य अपरेटरलाई दिएको आरोपमा अनुसन्धान अघि बढाउने भएको छ ।

दक्षिण कोरियाको व्यक्तिगत सूचना संरक्षण कमिटिले फेसबुक कम्तीमा ३३ लाख फेसबुक प्रयोगकर्ताको सूचना अनुमति विना नै अन्य अपरेटरलाई दिइएको बताएको छ ।

सन् २०१२ मेदेखि २०१८ जुनसम्मको अवधिमा एक करोड ८० लाखमध्ये ३३ लाखको व्यक्तिगत विवरण फेसबुकले प्रयोगकर्तालाई जानकारी नै नदिई अन्य अपरेटरलाई दिएको थियो ।

फेसबुकले यो मुद्दामा आफूहरुले दक्षिण कोरियाको सरकारसँग समन्वय गरिरहेको र व्यक्तिगत विवरण संरक्षण कमिटिले आपराधिक अनुसन्धान सुरु गरेको प्रति खेद प्रकट गरेको छ ।

स्रोत :रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?