
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको मतदान सकिएको छ । शनिबार महासंघको वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । महासंघमा देशभरका १०५ वटा जिल्ला/नगर उद्योग वाणिज्य संघहरु सदस्य छन् । जिल्लानगरतर्फ शतप्रतिशत मतदान भएको छ ।
महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुन्छ । महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान भिडेका छन् ।
जिल्ला नगरतर्फका १ जना उपाध्यक्ष पदमा महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारी र बाग्मती प्रदेशका दिनेश श्रेष्ठले भिडेका छन् । श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनको कपि तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेको छ । उनी प्रधान प्यानलबाट उम्मेद्वार बनेका हुन् ।
ढकाल प्यानलबाट उम्मेदवार बनेका तिवारी पनि जिल्ला नगरमा परिचित व्यवसायी हुन् । महासंघको कार्यसमितिमा जिल्ला नगरतर्फबाट चयन हुने १८ केन्द्रीय सदस्यमा ३८ जना भिडेका छन् ।
प्रतिक्रिया 4