+
+

प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १३ गते १९:०६

१३ मंसिर, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अधिकारीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमूना परिक्षण गराउँदा ७२ वषर्ीय प्रमुख अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रमुख अधिकारीसँगै ६४ वर्षीया श्रीमती जानुका अधिकारी र अर्का एक सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ । संक्रमण देखिएसंगै प्रमुख अधिकारी निवासमै आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
प्रमुख अधिकारी केही दिनअघि पोखरास्थित निवास पुगेर विराटनगर बिहीबार फर्किएका थिए । पोखरामा उनको छोरालाई समेत संक्रमण भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?