‘बीग बोस १४’मा धुम मच्चाएपछि एकाएक चर्चामा आएकी मोडल गौहर खानले डिसेम्बर २५ मा बिहे गर्न लागेको सामाजिक संजालबाट फ्यानलाई जानकारी दिएकी छिन् । उनी लामो समयदेखि जैद दरबारको प्रेममा छिन् । उनै, जैदसँग गौहरले डिसेम्बर २५ मा बिहे गर्न लागेको जानकारी फ्यानलाई दिएकी हुन् ।
जैदले गौहरलाई प्रपोज गरेपछि उनीहरु होलिडे मनाउनका लागि गोवा पुगेका थिए । गोवामा होलिडे मनाइसकेपछि उनीहरुले बिहेको मिति सार्वजनिक गरेका हुन् । क्रिसमसको दिनमा दुइजना वैवाहिक जीवनमा बाँधिन लागेका हुन् ।
सामाजिक संजालमा तस्वीर शेयर गर्दै गौहरले यो बर्षको अन्त्य सुखद तरिकाले गर्न लागेको उल्लेख गरेकी छिन् ।
गौहर वीग बोसमा सहभागी भएपछि चर्चामा त आइन्, तर त्यसपछि भने उनको करिअर सुखद रुपमा अगाडि बढ्न सकेन । उनले केही चलचित्रमा समेत काम गरेकी थिइन् । जैदको प्रेममा रमाएपछि गौहरले नयाँ जीवन सुरु गर्न लागेकी हुन् ।