+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २२ गते २१:५३

कुमारी बैंक लिमिटेड र प्राकृतिक चिकित्सा एवं वैकल्पिक औषधोपचारका लागी प्रख्यात भरतपुर, चितवनस्थित चित्रावन नेचर क्युअर हस्पिटल प्राईभेट लिमिटेडबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा कुमारी बैंक लिमिटेडमा नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना र चित्रावन नेचर क्युअर अस्पतालका निर्देशक डा. विशाल सापकोटाले हस्ताक्षर गरेका छन्। आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ।

सम्झौता–पत्र अनुसार चित्रावन नेचर क्युअर हस्पिटलमा बेड चार्जेज, जेनेरल प्याथोलोजी, बाह्य रोग उपचार लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?