+
+

सेवा प्रवाहबारे टोल-टोलमा जनअभिमत लिँदै काठमाडौं महानगर

‘मृगौला बचाउ अभियान’ पनि चलाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १९:४२

२४ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्नका लागि ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

‘काठमाडौं महानगरपालिकाले गरिरहेका पूर्वाधार विकास, सम्पदा निर्माण–पुर्ननिर्माण, सेवा प्रवाहलगायतका सन्दर्भमा विभिन्न ठाउँमा पुगेर नागरिकको अभिमत लिने लगायतको तयारी पनि गरेका छौँ,’ आज बसेको २६ औं महानगर दिवस मुल समारोह समितिको बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्नका लागि काठमाडौँ महानगरपालिकाले दक्ष चिकित्सकको टोलीसहित टोल-टोलमै पुगेर मृगौला रोग लाग्नै नदिनका लागि के–कस्तो उपाय अपनाउनुपर्छ भन्ने जस्ता जनचेतानामुलक कार्यक्रम गर्नेलगायतको अभियान सञ्चालनका लागि ‘मृगौला बचाउ अभियान’ घोषणाको तयारी गरेको हो ।’

उनले काठमाडौँ महानगरपालिकाले भगिनी सम्वन्ध स्थापित गरेका नगरहरुले दिएका पीसीआर मेसिनलगायतका स्वास्थ्य सामग्री विभिन्न अस्पताललाई दिई स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पहल गरेको पनि स्मरण गराए । उनले काठमाडौँ महानगरपालिका संघीय राजधानीको समेत महानगरपालिका भएकोले देशभरीबाट आएर बसोवास गर्ने सबैले स्तरीय सेवा प्राप्त गर्नुपर्छ भन्ने हेतुले अघि बढेको स्मरण गराए ।

शाक्यले कोभिड–१९ अझै नियन्त्रणमा नआएकाले यो वर्ष रााष्ट्रिय सभा गृहमा सीमित व्यक्तिहरुका बीच कार्यक्रम आयोजना गर्ने तयारी गरेको पनि जानकारी दिउ । नागरिकको अभिमतका लागि तीन दिनसम्म महानगरका कालिमाटी चोक, कलंकी, बानेश्वर, कोटेश्वर, महाराजगञ्ज, बालाजु, बसन्तपुर, रत्नपार्क, न्युरोड, स्वयम्भू, पसुपति, लैनचौर, क्षेत्रपाटी, बागबजार, पुतलीसडक, त्रिपुरेश्वर, भाटभटेनी लगायतका विभिन्न ३० स्थानमा वुथ राख्ने तयारी महानगरपालिकाले गरेको छ ।महानगरपालिकाले परम्परागत बाजा गुरु सम्मान, सुशासन पत्रकारिता पुरस्कार जस्ता विगतका कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने बताएको छ ।

त्यसैगरी इन्द्रजात्रा सम्वन्धी ऐतिहासिक पुस्तक पनि विमोचनको गर्ने भएको छ ।उत्कृष्ट वडा कार्यालय घोषणा र सम्मान कार्यक्रम पनि गर्ने भएको छ । काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठका नाममा यस बर्ष २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ दिइनेछ ।

४ जनाले पाउने यो पुरस्कार २ जना पुरुष २ जना महिलालाई प्रदान गरिने छ । १९७६ पुष ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको हो । यस बर्ष २६ औं दिवका कार्यक्रम सञ्चालन हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?