+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ११ गते १८:१४

११ पुस, काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायीहरुले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको बताएका छन् । व्यवसायीहरुको छाता संगठन गि्रल तथा स्टिल व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रिल जन्य फलामको मूल्य अत्याधिक अनियन्त्रित र अस्वभाविक रुपमा बढेको बताएका हुन् ।

जसका कारण व्यवसाय नै धारासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा महासघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्द भई मारमा परेका उद्योगहरु विस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियंन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको बताए ।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको बृद्धि भन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनको भनाइ छ। केही सिमित उद्योगीको आपसी मिलेमतोमा गि्रलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताए ।

ग्रिलजन्य फलामाको मूल्य अस्वभाविक रुपमा बढ्दा कोरोनाको संक्रमणका कारण प्रभावित आम उपभोक्ता समेत मारमा परेको अध्यक्ष कटुवालले बताए । यसबाट देशभरि सञ्चालित ११ हजार भन्दा बढी ग्रिल उद्योग बन्द हुने जोखिममा रहेको पनि उनले बताए ।

यस्तै करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख ब्यक्तिको रोजगारी गुम्ने पनि अध्यक्ष कटुवालले बताए । बजारमा देखिएको अस्वभाविक मूल्य बृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षण समेत गराए ।

व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रिलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशत भन्दा धेरैले बढेको बताएका छन् । नेपालमा गि्रल व्यवसायले मात्रै वाषिर्क ५० अर्ब बढीको ग्रील जन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?