Comments Add Comment

गुल्मीमा धान उत्पादन वृद्धि

१३ पुस, गुल्मी । गुल्मीमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष १० हजार ४५० क्षेत्रफलमा ३१ हजार १७५ मेटि्रक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राविधिक हरिप्रसाद आचार्यले जानकारी दिए । गत वर्षभन्दा यो वर्ष ३ हजार मेटि्रक टन उत्पादन वृद्धि भएको हो ।

गत वर्ष १० हजार ४३५ क्षेत्रफलमा लगाइएकोमा २८ हजार मेटि्रक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा गत वर्षभन्दा यस वर्ष क्षेत्रफल पनि केही वृद्धि भएको थियो ।

समयमा पर्याप्त पानी पर्नुको साथै लामो समयसम्म कोरोना महामारीमा भएको लकडाउनले काम गर्ने जनशक्ति गाउँमै रहेकाले बाँझो खेतमा पनि खेती गरेकाले उत्पादन र क्षेत्रफल वृद्धि भएको हो । यस वर्ष जिल्लामा ९५ प्रतिशत रोपाइँ भएको थियो ।

अघिल्लो वर्ष जिल्लामा ९२ प्रतिशत रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिनमध्ये ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ ।

एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जातलगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको पाइएको छ । जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ ।

भने ६ हजार ६९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जसमध्ये ९ हजार ८०७ क्षेत्रफलमा बर्खे धान रोपिँदै आएको छ भने ४४५ क्षेत्रफलमा चैते धान रोप्ने गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा सबैजसो ठाउँमा सिँचाइको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाँशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।

गाउँमा धेरै जनशक्ति विदेशिदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु न्ापाउनु र उत्पादन गरेरभन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछि खेतीयोग्य जमिन बाझो हुनेक्रम पनि बढ्दै जान थालेको थियो ।

तर यसवर्ष धेरै जसो बाँझो जमिनमा खेती गर्न फेरि सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment