+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
93/5 (14.4)
Shares

बेमौसमी वर्षाले झापामा धान उत्पादन घट्यो

गत वर्ष ७५ हजार ४५९ हेक्टर जमिनमा धानखेती गरिएकामा तीन लाख ८२ हजार ८१२ मेट्रिकटन उत्पादन भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १३:०१
फाइल तस्वीर

१८ मंसिर, झापा । बेमौसमी वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि जिल्लामा यो वर्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको उनले जानकारी दिए।

जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको केन्द्रले जनाएको छ ।

धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताए ।

गत वर्ष ७५ हजार ४५९ हेक्टर जमिनमा धानखेती गरिएकामा तीन लाख ८२ हजार ८१२ मेट्रिकटन उत्पादन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?