+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘मातृभाषाको रूपरेखा’ प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते १२:२०

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा ‘मातृभाषाको रूपरेखा’को पहिलो खण्ड प्रकाशित भएको छ । भाषा (मातृभाषा, कोश र व्याकरण) विभागबाट प्रकाशित पुस्तकको सम्पादन विभागीय प्रमुख प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. कर्णाखर खतिवडाले गरेका हुन् ।

पुस्तकभित्र किराँती-कोइँच (सुनुवार) भाषाको रूपरेखा (लाल-श्याँकारेलु राप्चा), कोयी भाषाको रूपरेखा (तारामणि राई), चाम्लिङ भाषाको रूपरेखा (विष्णुसिं राई), दरै भाषाको रूपरेखा (दुबिनन्द ढकाल), दुमी भाषाको रूपरेखा (नेत्रमणि दुमी राई), भुजेल भाषाको रूपरेखा (दानराज रेग्मी), मगर काइके भाषाको रूपरेखा (अम्बिका रेग्मी) र मैथिली भाषाको रूपरेखा (योगेन्द्रप्रसाद यादव) गरी आठ भाषाका रूपरेखा समावेश गिरएका छन् ।

पुस्तकमा कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, विभागीय प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवका भूमिका, लेखक परिचय र परिशिष्टमा व्याकरण लेखनको प्रस्तावित ढाँचासमेत समेटिएको छ ।

पुस्तक नेपाल प्रज्ञा-प्रतिष्ठानको बिक्री कक्ष, मकालु प्रकाशन गृहको विक्री कक्षका साथै मुलुकका सात ओटै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?