
२१ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा लागेको बताएका छन् ।
मंगलबार बानेश्वरमा पत्रकारहरुसँग भट्टराईले पश्चगामी कदम चालिरहेका ओली ज्ञानेन्द्रको पथमा हिँडेको आरोप लगाए । ‘उहाँ निकटकाहरुले संघीयता नै खारेज गरिदिनुहोस्, लोकप्रिय हुनुहुन्छ भनेको सुनिदैछ । त्यो भनेको ज्ञानेन्द्र पथ नै हो’, भट्टराईले भने ।
प्रतिक्रान्ति र पश्चगमनतर्फ लागेकाहरुलाई ओलीले नेतृत्व गरेको उनले बताए । ‘संसद विघटनको विरुद्धमा, संघीयता, गणतन्त्र र संधिवानको पक्षमा हामी उभिएका छौं । हामी अग्रगमण पक्षधर हौं’, भट्टराईले भने । ओली अब प्रेस, नागरिक अगुवा र बुद्धिजिवीहरु विरुद्ध उभिने भट्टराईले आशंका गरे । तर, संविधान र मुलुक जोगाउन संयुक्त मोर्चा बनेर संघर्ष हुने उनले बताए । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग चाँडै मोर्चा बन्ने भट्टराईले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4