Comments Add Comment

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

२२ पुस, सुर्खेत । बालिका बलात्कार गरेको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका छन् । नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ती पुरुषलाई अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment