८ माघ, काठमाडौं । मुख्य प्रशिक्षक डेभ वाट्मोरले नेपालले वान–डे अन्तर्राष्ट्रियको मान्यता कायमै विश्वास व्यक्त गरेका छन् । हालै मात्र नेपालको मुख्य प्रशिक्षक नियुक्त उनले बिहीबारबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलसहित पत्रकारमाझ उपस्थित वाटमोरले नेपाल आउन पाउँदा खुसी लागेको बताए । ‘यो एउटा च्यालेन्ज हो, जसले मलाई जहिल्यै उत्साहित बनाउँछ,’ उनले भने ।
आफूले आजैबाट जिम्मेवारी सम्हालेको भदै उनले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । मुख्य प्रशिक्षक वाटमोरले भने, ‘नेपाल ओडीआई देश हो, आश छ, त्यो हामी रिटेन गर्छौं ।’
नेपालले १ चैत २०७४ (१५ मार्च २०१८) मा चार वर्षका लागि वान–डे अन्तर्राष्ट्रियको मान्यता पाएको थियो ।
प्रतिक्रिया 4