+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्रिय वाणिज्य बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते १३:४१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) तथा आईएमई पे, खल्ती, प्रभुपे र नेपाल पे टाइम लगायतका विभिन्न भुक्तानी सेवाप्रदायकहरू (पीएसपीहरू) सँग छुट्टाछुट्टै तीन-पक्षीय सम्झौता गरेको छ ।

यसले वालेटका ग्राहकहरुलाई सोझै आफ्नो वालेटबाट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संकलन गर्दै आएकोसम्बन्धित राजस्व खातामा एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, एनसीएचएलका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीे, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल रटेरिया, आईएमई डिजिटल सोल्युसन लिमिटेडका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट अध्यक्ष कुसुम लामा र नेपाल पेटाईमका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मल्लिका भट्टराइले हस्ताक्षर गरेका छन् ।

महालेखा नियन्त्रक कार्यालयद्वारा हालै जारी गरिएको निर्देशनअनुसार पीएसपीहरुमार्फत् पनि सरकारी राजस्व संकलन गर्न अनुमति प्रदान गरिएको हो र आजको यस राष्ट्रिय वाणिज्य बैंक, एनसीएचएल र विभिन्न पीएसपीहरुबीचको सहकार्यले सरकारी राजस्व भुक्तानीका लागि पनि अन्तरआबद्धता स्थापित गरेको छ । यसले सरकारको डिजिटलाइजेसनको पहललाई थप टेवा पुर्‍याउँदै राजस्व संकलन विद्युतिय माध्यमबाट गर्न थप प्रवर्द्घन गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?