+
+

केटु हिमाल आरोहण टोलीलाई पूर्वराजाको बधाई

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १६ गते १६:३७

१६ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले केटु हिमाल आरोहण टोलीका सदस्यहरुलाई बधाई दिएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै शाहले हालसम्म कोही पनि नपुगेको ठाउँमा आरोहण गर्दै कीर्तिमानी कायम गरेका निर्मल पूर्जा नेतृत्वको टोलीलाई बधाई ज्ञापन गरेका हुन् ।

‘सर्वाधिक चिसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवं सम्मान भाव व्यक्त गर्दछु’ उनले विज्ञप्तिमा भनेका छन्, ‘त्यस्तो प्रयन्तबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएको सुखद् अनुभूति मैले गरेको छु ।’

गत वर्षमात्रै सगरमाथा हिमालसहित आठ हजार मिटर अग्ला विश्वका चौध वटा हिमाल छ महिना छ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमानी कायम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?