२७ माघ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-१० मा अनुदानमा ट्याङकी वितरण गरिएको छ । पानीको समस्या टार्नका लागि नगरपालिकाले आव ०७७/०७८ मा विनियोजन गरेको बजेटबाट २४० घरधुरीलाई ट्याङकी वितरण गरेको हो ।
वडाध्यक्ष पदमप्रसाद अर्यालका अनुसार कृषि तथा पशुविकास, महिला सशक्तिकरण, दलित लक्षित कार्यक्रममा छनोट भएकालाई ट्याङकी वितरण गरिएको हो । वडाले ट्याङकी वितरणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
कृषि तथा पशु पालन क्षेत्रमा पानीको प्रयोग गर्न सहज पुग्ने विश्वासका साथ ट्याङकी वितरण गरिएको नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले बताइन् ।
‘यहाँ पानीको समस्या छ । असार मसान्तमै एक घर एक धारा पुर्याउन लक्ष्यका साथ काम भइरहेको छ,’ वडाध्यक्ष अर्यालले भने, ‘ट्याङकीमा पानी संकलन गरेर कृषि कर्ममा सहज हुने विश्वास हामीले लिएका छाौं ।’