+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

पोखराका विद्वानका अघि अनुहार देखाउन पाएँ !

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १ गते १८:०१

पोखरा । २०७६ सालको मदन पुरस्कार विजेता पुस्तक महारानीका लेखक चन्द्रप्रकाश बानियाँलाई शनिबार पोखरामा पुरस्कार अर्पण गरिएको छ ।

मदन पुरस्कार गुठीले पोखरामा एक समारोहकाबीच चन्द्रप्रकाशलाई पुरस्कार अर्पण गरेको हो । देशकै प्रतिष्ठित मदन पुरस्कार पोखरामा प्रदान गरिएको यो पहिलो पटक हो । कोरोनाका कारण पोखरामै कार्यक्रम गरेर लेखक बानियाँलाई पुरस्कार प्रदान गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

लेखक बानियाँ ७ वर्षदेखि पोखरामै बस्दै आएका छन् । उनको पुस्तक महारानीलाई पुरस्कार दिने ४ असोजमै घोषणा भएको थियो ।

लेखक चन्द्रप्रकाशले पोखरामै पुरस्कार पाउन कोरोनाले गुन लगाएको बताए । ‘मदन पुरस्कार गुठी पोखरा उपस्थित छ, त्यसको कारण कोरोना हो,’ बानियाँले भने, ‘कोरोना नभएको भए पुरस्कार लिन बोलाउनुहुन्थ्यो, दिन आउनु हुने थिएन ।’

महारानीमा कथा पर्वतको भएपनि लेखन पोखरामै बसेर गरेको बानियाँले बताए । ‘विडम्बना के भो भने, न मैले पोखरालाई चिन्छु न मलाई पोखराले चिन्छ,’ बानियाँले भने, ‘कोरोनाका कारण पुरस्कार पोखरामै आयो र पोखराका विद्वानका अघि अनुहार देखाउन पाएँ ।’

बानियाँले पोखरासँग क्षमा समेत मागे । पर्वत राज्यबाटै धेरै कथा लिएर आएको र अब लेख्दा पनि त्यही कथा लेख्नुपर्ने भएकाले पोखराको कथा लेख्दिन कि भन्ने लागेको बानियाँको भनाइ छ ।

बानियाँले महारानी पढेर खगेन्द्र संग्रौलाले पठाएको प्रशंग पनि जोडे । ‘संग्रौलाले किताब पढ्नुभएछ र सन्देश पठाउनुभयो । यति मीठो भाषामा महारानीको कथा लेख्नुभयो । भुइँमान्छेको कथा लेख्नुपथ्र्यो भन्ने उहाँको आशय होला,’ बानियाँले भने, ‘मलाई के लाग्छ भने मेरो खल्तीमा अझै महाराजाको कथा छ ।’

समारोहमा कवि तीर्थ श्रेष्ठको विद्वत प्रवचन प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?