+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मल खरिद ठेक्काबारे कृषि सामग्री कम्पनीसँग स्पष्टीकरण मागेका छौं : मन्त्री अर्याल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १२:३४

६ फागुन, चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले राज्यकोषलाई थप भार पर्ने गरी कृषि सामग्री कम्पनी लिमिटेडले स्वीकृत गरेको ठेक्काका बारेमा स्पष्टीकरण माग गरिएको बताएकी छन् ।

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले आफू आउनुभन्दा अगाडि नै गरिएको ठेक्का र त्यसमा भएको सम्झौताका बारेमा कृषि सामग्री कम्पनीसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको बताइन् ।

राज्य कोषलाई २९ करोड रुपैयाँ भन्दाबढी आर्थिक भार पर्ने गरी सम्झौता गरिएको हो भन्ने प्रश्नमा मन्त्री अर्यालले आफूहरुको यसमा संलग्नता नभएको बताइन् ।

मन्त्री अर्यालले मल ल्याउन सक्ने वा नसक्ने कुरा मन्त्रीको सफलता वा असफलतासँग जोड्ने गरिएको भन्दै यसपटक किसानले समयमा नै मल पाउने दाबी गरिन् । ‘अलिकति मल स्टक पनि छ । केही मल आउँदैछ, गत वर्षको जस्तो समस्या यसपटक हुँदैन,’ मन्त्री आर्यालले भनिन्, ‘बीउवीजनको पनि अभाव नहोस् भनेर हामी लागि रहेका छौं ।’

मन्त्री आर्यालले मलको दीर्घकालीन समस्याको समाधान गर्न देश भित्र नै मल कारखाना खोल्ने विषय मन्त्रlपरिषदमा लैजाने तयारी गरिएको जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?