+
+

ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले दिँदैन : पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते १०:१४

२० फागुन, चितवन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने बताएका छन् ।

उनले प्रचण्ड-माधव समूहलाई साथ दिन भने कांग्रेस सकारात्मक रहेको बताए ।

बिहीबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले ओलीबाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्ने धारणा राखे ।

प्रचण्ड-माधव समूहलाई साथ दिन कांग्रेस तयार भएको हो भन्ने प्रश्नमा पौडेलले भने, ‘त्यसबारे पोजेटिभ हुन सकिन्छ । त्यसबारे छलफल हुन्छ ।’

ओलीले संविधान र व्यवस्थालाई जोखिममा पारेको बताउँदै पौडेलले भने, ‘यत्रो जोखिममा पार्ने व्यक्तिलाई अहिले सपोर्ट गर्न कांग्रेसको नैतिकताले दिँदैन ।’

प्रचण्ड-माधव समूहले ओलीविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावको सन्दर्भ सकिएको बताउँदै पौडेलले अब नयाँ प्रस्ताव तयार हुने बताए ।

कांग्रेससहितको सरकार बन्दा छिमेकी मुलुकलाई कम्फर्टेबल हुने भन्ने प्रचण्डको भनाइबारे प्रतिक्रिया दिँदै पौडेलले अरुलाई नभइ नेपालको सिस्टमलाई ‘कम्फर्टेबल’ हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?