
२० फागुन, सुर्खेत । नेकपा ओली समूहमा गएका रासकोट नगरपालिका कालीकोटका मेयर काशीचन्द्र बराल फेरि प्रचण्ड–माधव समूहमै फर्किएका छन् ।
राजनीतिक संस्कार हराएको प्रचण्ड–माधव समूहमा नबस्ने भन्दै बराल केही समय अघि ओली समूहमा गएका थिए ।
मेयर बरालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो विषयमा सञ्चारमाध्यमले अर्नगल प्रचार गरेको आरोप लगाएका छन् । र, आफू प्रचण्ड–माधव समूहमै रहेको विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
पार्टी नेतृत्व र कार्यकर्ताको भावनाको उच्च कदर गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपामै निरन्तर रहिरहेको विज्ञप्तिमार्फत उनले स्पष्ट पारेका छन् ।
यता, ओली पक्षीय नेकपा कालीकोटका सचिव नेश्नल शाहीले मेयर फर्किएको कुरा सामाजिक सञ्जालबाटै थाहा पाएको प्रतिक्रिया दिए ।
हेर्नुहोस् विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4