
प्रतीकात्मक तस्वीर
२६ फागुन, काठमाडौं । कटुवा पेस्तोलसहित नेपालगञ्जबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१ पीपल चौताराका २७ वर्षीय प्रेमकुमार बहिलिया र बर्दियाको राजापुर नगरपालिका–१० का २४ वर्षीय कृष्णा चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा एकनाले कटुवा पेस्तोलसहित फेला पारी बुधबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4