+
+

घुस लिएको आरोपमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते १४:०९

२८ फागुन, काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको गंगाजमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुनप्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको छ ।

बाटोको ट्रयाक खोल्न कार्य सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दुवैजनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगको टोलीले ९५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा लेखा अधिकृत सापकोटाले सेवाग्राहीसँग घुस लिन इन्जिनियर कार्कीलाई निर्देशन दिएको पाइएपछि उनीविरुद्द्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?