+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

किष्ट अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते २०:१७
फाइल तस्वीर

२८ फागुन, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । नेपाल सरकार अंग प्रत्यारोपण समन्वय समितिले अस्पताललाई मिर्गौला प्रत्यारोपणको अनुमति दिएसँगै अस्पतालले सेवा सुरु गर्ने भएको हो ।

मिर्गौलासम्बन्धी रोग भएकाहरुका लागि निरन्तर उपचार गर्दे आइरहेको अस्पतालले  आवश्कय मापदण्ड पूरा गरी मिर्गौला प्रत्यारोपण अनुमतिका लागि आवेदन दिएको थियो ।

मिर्गौला प्रत्यारोपणका लागि प्रत्यारोपण शल्य चिकित्सक (Transplant Certified Surgeon) डा. नारायण प्रसाद भुसाल र प्रत्यारोपण चिकित्सक (Transplant Certified Nephrologist) डा. सागरकुमार दुवाल श्रेष्ठको संयोजकत्वमा क्लिनिकल टोली गठन गरिएको अस्पतालले जनाएको छ ।

साथै प्रत्यारोपण संयोजनका लागि दुई जना प्रत्यारोपण संयोजक (Transplant Co-ordinator) पनि राखिएको प्रा.डा. कमल कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?