२ चैत, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको खेलमा मच्छिन्द्र क्लब सेमिफाइनलमा पुगेको छ ।
सोमबार भएको खेलमा संकटालाई १–० ले हराउँदै मच्छिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको २५औं मिनेटमा मच्छिन्द्रका राजेश परियारले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । परियार नै खेलको म्यान अफ दी म्याच बन्दै १० हजार रुपैयाँ नगद प्राप्त गरेका थिए ।
मच्छिन्द्रले फाइनल प्रवेशका लागि अब आयोजक रिगल रिसोर्ट मकवानपुर ११ सँग खेल्नेछ ।
यस्तै मंगलबार विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन र बागमती युवा क्लब सर्लाहीबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4