+
+

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ११ गते १३:२३

११ चैत, सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.३३प ७७१६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना.७ख ९३३९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करले मोटरसाइकलमा सवार कञ्‍चनरुप नगरपालिका वडा नम्बर ५ निवासी २० वर्षीय देवकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

सोही मोटरसाइकलमा सबार कञ्‍चनरुप ५ कै १९ वर्षीय प्रदीप मुखिया घाइते भएका छन् । घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टम गराई ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?