
१३ चैत, काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् ।
यसअघिको संसदीय दलको बैठकमा सहभागी नभएका उनी २३ फागुनमा सर्वोच्चको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।
शुक्रबार नेपाल पक्षीय नेताहरुको बैठकले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको थियो, जसअनुसार उनीहरु संसदीय दलको बैठकमा गएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4